वेलको गोलमा वेल्स हारबाट जोगियो

वेलको गोलमा वेल्स हारबाट जोगियो


खेलको अन्त्यतिर कप्तान ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गरेपछि वेल्स फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा हारबाट जोगिएको छ ।

वेल्सले अमेरिकासँग १–१ गोलको बराबरी खेलेको हो । अकहमेद विन अली स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा टिमोथी वेहले गोल गर्दै पहिलो हाफमा अमेरिकालाई सुरुवाती अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो ।

खेलको पहिलो मिनेटमा नै टिमोथी वेहको प्रहारलाई वेल्सका गोलरक्षक वेन हेनेसीले बचाउँदा पोस्टमा लाग्दै फर्कियो । ३६औं मिनेटमा टिमोथीले क्रिस्टियन पुलिसिसको पासमा गोल गर्दै अमेरिकालाई १–० को अग्रता दिलाए ।

६४औं मिनेटमा वेल्सले बराबरी गर्ने सुवर्ण मौका गुमायो । दोस्रो हाफमा सुधारिएको खेल पस्किएको वेल्सले गोलको लागि भने पेनाल्टीकै साहरा लिनुप¥यो । ८२औं मिनेटमा बेलले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पेनाल्टी बक्समा आँफैलाई जिमरमनले फउल गरेपछि रेफ्रीले वेल्सलाई पेनाल्टी प्रदान गर्दा वेल चुकेनन् । माट टर्नरले सही दिशामा डाइभ दिएपनि बचाउन सकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिएको छ ।

यस बराबरीसँगै समूह ‘बी’ मा वेल्स र अमेरिकाले समान १ अंक जोडेका छन् । इंग्ल्यान्डको ३ तथा इरानले अंकको खाता खोल्न सकेको छैन ।

Logo