नेकपाले तोक्यो ६ महानगर अध्यक्ष र सचिव (सूचीसहित)

काठमाडौं । सत्तारुढ नेकपाले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् । त्यस्तै ललितपुरको अध्यक्षमा मञ्जरी कायस्थ र सचिवमा ज्ञानेन्द्र शाक्य चयन भएका छन् ।

पोखरा महानगरको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने तथा भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा र विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।

संगठनिक एकताका बाँकी कामबारे छिट्टै बस्ने अर्को बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।