रौतहट-१ मा नेपालसँग मतान्तर घटाउँदै एमाले उम्मेदवार गुप्ता

रौतहट-१ मा नेपालसँग मतान्तर घटाउँदै एमाले उम्मेदवार गुप्ता


रौतहट क्षेत्र नम्बर-१ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले मतान्तर घटाउदै लगेका छन् ।

सुरुवाती अबस्थामा माधब नेपालले अग्रता बढाएका लिएका थिए । अहिले सो मतअन्तर एमाले उम्मेदवार गुप्ताले घटाउदै लगेका छन् । हाल सम्म सो क्षेत्रमा माधब नेपालले ७१११ मत ल्याएका छन भने नेकपा एमालेका उम्मेदवार गुप्ताले ६६९६ मत ल्याएर पछयाइरहेका छन । नेपाल र गुप्ता बिच ४१५ मतको अन्तर रहेको छ । हाल सम्म गौर नगरपालिकाको वाड नं. १ देखी ६ सम्म र यमुनामाइ गाउँपालिकाको केही वडामा मत गणना भएको छ ।

यस्तैगरी क्षेत्र नम्बर २ मा प्रभु साह पक्षका स्वतन्त्र उम्मेदवार किरण साहले अग्रता कायम गरिराखेका छन । हाल सम्म साहले ३१७७ मत ल्याएका छन भने नेपाली कांग्रेसका फिरदोस आलमले २९२१ मत ल्याएर पछाइरहेका छन । यसैगरी क्षेत्र नम्बर ३ मा एमाले छाडेर स्वतन्त्र उम्मेदवार दिएका प्रभु साहले आफनो अग्रतालाइ बढाइरहेका छन । पछिल्लो मत परिणाम अनुसार साहले ३९५५ मत ल्याएका छन भने अर्का स्वतन्त्र उम्मेदवारओम प्रकाश जयसवालले २५६२ मत ल्याएका छन् ।

यस्तै रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उमेदवार देब प्रसाद तिमलसिनाले अग्रता लिएका छन । पछिल्लो मत परिणाम अनुसार तिमलसिनाले ४५३४ मत ल्याएका छन भने नेकपा एमालेका उम्मेदवार उद्धब रेग्मीले ३७०५ मत ल्याएर पछयाइरहेका छन ।

Logo