उपेन्द्र यादवलाई ६ हजार भन्दा बढी मतले पछाडि पार्दै सीके राउत

उपेन्द्र यादवलाई ६ हजार भन्दा बढी मतले पछाडि पार्दै सीके राउत


सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् । सांगठानिक हिसाबले कमजोर देखिएपनि राउतले सुरूदेखि अग्रता कायम राखेका हुन् ।

डा. राउत १३ हजार  २९५ मत ल्याउँदा उनको जसपा अध्यक्ष उपेन्द्र यादवले ६ हजार ५७० मत पाएका छन् । यहाँ जसपा-एमालेको तालमेल छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ६०२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

सप्तरी-२ करिब ६२ हजार खसेको थियो । जसपाको संगठन र स्थानीय तहको मतको हिसाबले अब्बल देखिएको ठाउँमा पनि सीकेले लिड गरेका छन् ।

Logo