झापा–५ मा ओलीको अग्रता कायमै, ४ हजार मतले अधिकारी पछाडि

झापा–५ मा ओलीको अग्रता कायमै, ४ हजार मतले अधिकारी पछाडि


झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अग्रता कायमै छ ।  पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अग्र पंक्तिमा छन् । 

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मतसहित पछ्याउँदैछन् । ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।

Logo