‘आजैदेखि संसदीय दलको चुनावको तयारीमा लाग्छु’ : गगन थापा

‘आजैदेखि संसदीय दलको चुनावको तयारीमा लाग्छु’ : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने,’संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’उनले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको बताए ।

‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।

Logo