मतगणनामा काे कहाँ अगाडि ?

मतगणनामा काे कहाँ अगाडि ?


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । हालसम्म सबैभन्दा बढी नेपाली कांग्रेसले ४ निर्वाचन क्षेत्रमा जित निकालेको छ । नेकपा एमालेले एक सिट जितेको छ । 

त्यसैगरी नागरिक उनमुक्ति पार्टीले पनि एक सिट जित हाँसिल गरेको छ । प्रतिनिधिसभामानेपाली कांग्रेसले ४८ स्थानमा अग्रता लिएको छ । एमालेले ४२ ठाँउमा अग्रता लिएको छ । माओवादीले १३ स्थानमा अग्रता हाँसिल गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ ठाँउमा अग्रता लिएको छ । सत्ता साझेदार अर्को दल नेकपा एकीकृत समाजवादीले पनि ७ ठाँउमा अग्रता लिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ७ ठाँउमा अग्रता लिएको छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले ४ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले पनि ४ सिटमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले २सिटमा अग्रता लिँदा राष्ट्रिय जनमोर्चाले १ सिटमा अग्रता लिएको छ । 

मंगलबार दिउँसो २ बजेसम्मनेपाली कांग्रेसले मुस्ताङ, मनाङ, काठमाडौं १ र काठमाडौं- ४ मा जित निकालेको छ । यस्तै कांग्रेसले काभे्र २, काठमाडौं ५,नवलपुर २, सिराहा २, रामेछाप १, सिन्धुपाल्चोक २, म्याग्दी , दाङ ३, दार्चुला , पर्वत १, रसुवा ,कञ्चनपुर ३, सुनसरी ४, रौतहट ४ मा अग्रता लिएको छ । काँग्रेसले नवलपरासी १, न्ुवाकोट २, ओखलढुङ्गा १, भक्तपुर २, उदयपुर १, काठमाडौं १०, ललितपुर १, रुपन्देही ५,दैलेख २, सुर्खेत २,मोरङ ३, काठमाडौं ३, सप्तरी ३, तनहुँ २, पर्सा २,कपिलबस्तु २, स्याङजा १, सप्तरी ४, अछाम २, पर्सा ४, नवलपुर १, मोरङ ६, मकवानपुर १, झापा–१, डडेलधुरा र तनहुँ १ मा पनि अग्रता लिएको छ । 

यस्तै, नेकपा एमाले ललितपुर- २ मा विजय भएको छ । पाँचथर १, प्युठान १, सिन्धुपाल्चोक १, इलाम १, सर्लाही ३, सिराहा ३, सिन्धुली १, बैतडी १, मकवानपुर २, बाँके १, झापा २, गुल्मी २, कञ्चनपुर १, पाल्पा १, चितवन २, पाल्पा २, झापा ४ अग्रस्थानमा छ । यस्तै नुवाकोट १, धनुषा २, अर्घाखाँची १, काठमाडौं ९, रुपनदेही १, धनुषा ३, बारा १, भक्तपुर १, कास्की १, उदयपुर २, बारा ३, धनकुटा १, महोत्तरी १, मोरङ १,कास्की ३, रुप्नदेही ५, दैलेख १, मोरङ २, कपिलवस्तु १,पर्सा ३, कपिलबस्तु ३, सिराहा १, कैलाली ४, इलाम २, झापा ५ र लमजुङ १ पनि एमालेले अग्रता लिएको छ । 

त्यस्तै माओवादी केन्द्रले रुकुमपुर्व १, बाग्लुङ २, सर्लाही २, खोटाङ, सिन्धुली २, भोजपुर १, काभ्रे १, मोरङ ४, रोल्पा, दाङ २, गोर्खा २, जाजरकोट र रुकुम पश्चिम मा अग्रता लिएको छ । 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १२ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । रास्वपाले सुनसरी १, काठमाडौं ६, सुनसरी २,चितवन १, काठमाडौं ७, सुनसरी ३, काठमाडौं ८, झापा ४, रुपन्देही २, ललितपुर ३, कास्की २ र काठमाडौं २ मा अग्रता लिएको छ । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँके २, चितवन ३, नवलपरासी २, रुपन्देही ३,तेह्रथुम, जुम्ला र झापा ३ मा अग्रता लिएको छ । यता सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीलेपनि छ स्थानमा अग्रता लिएको छ । नेकपा एसलेदाङ १, धादिङ १, सल्यान , अछाम १, बारा ४, डोटी र रौतहट १ मा अग्रता लिएको छ । 

नागरिक उनमुक्ति पार्टीले पनि कैलाली ३ मा जित हाँसिल गरेको छ । भने कैलाली १, २ र बर्दिया १ मा अग्रता लिएको छ । जनता समाजवदी पार्टीले सिराहा ४, धनुषा १, सप्तरी १ र पर्सा १ गरी चार निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरी २ र रुपन्देही ४ मा अग्रता लिएको छ । भने राष्ट्रिय जनमोर्चाले बागलुङ १ र जनमत पार्टीले सप्तरी २ मा अग्रता लिएको छ ।

Logo