रवि अब अघि !

रवि अब अघि !


मत गणना सुरु भएको करिव २४ घण्टापछि रवि लामिछानेले अग्रता लिएका छन् । चितवन क्षेत्र नं २ बाट उम्मेदवार रहेका लामिछाने निकटतम् प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेललाई १२८ मतले पछि पार्दै अगाडि आएका हुन् । 

पोखरेलले ३ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत प्राप्त गरेका छन् ।

कालिका नगरपालिकामा सुरु भएको मत गणनामा एउटा वडाको १ सय मत गन्दा रविले ८८, उमेशले ७ र एमालेका पोखरेलले २ मत पाएका छन् । अबका गणनामा रविको मत बढ्ने अनुमान सो पार्टीले गरेको छ । रवि हालै खोलिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । मत गणनाकाे आधिकारिक पुष्टि निर्वाचन आयाेगबाट हुन बाँकी छ । 

Logo