झापा- १ मा विश्वप्रकाशको फराकिलो अग्रता

झापा- १ मा विश्वप्रकाशको फराकिलो अग्रता


झापा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । ३४ हजार ४ सय २९ मतपत्र गणना हुँदा  शर्माले१७ हजार २ सय ८९ मत पाएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका उनलाई सत्ता गठबन्धनको साथ छ । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले १० हजार ७ सय १६ मत पाएका छन्। उनीहरुबीचको मतान्तर साढे ६ हजार बढी रहेको छ । साथै सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले  ३ हजार ३ सय ४८ मत पाएका छन् । 

Logo