सीजी ब्राण्डको फुटबल “वल्र्डकप” लक्षित क्यासब्याक योजना 

सीजी ब्राण्डको फुटबल “वल्र्डकप” लक्षित क्यासब्याक योजना 


नेपाली इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ब्राण्डले जारी फुटबल वल्र्डकप २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुका लागि क्यासब्याक योजना ल्याएको छ । 

विशेष गरी फुटबलप्रेमी ग्राहकहरुका लागि सीजीका उत्कृष्ट टेलिभिजनहरुमा ५०,९०० सम्मको आकर्षक क्यासब्याक योजना ल्याएको हो । नेपाली ब्राण्ड सीजीले नेपालकै एकमात्र “गुगल–सर्टिफाइड टि.भी.” बजारमा उपलब्ध गराउँदै आएको छ । जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्ने कम्पनिको विश्वास छ । यसमा उत्कृष्ट पिक्चर क्वालिटि लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु रहेको छ । क्यासब्याक योजनाले यस ब्राण्डका टि.भी.हरुमा ग्राहकहरुको पहँुच झनै सरल र सहझ भएको छ । 

यस सिजी ब्राण्डका टिभीहरु २४ इन्च देखि ७५ इन्चमा उपलब्ध छन् । जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै एन्ड्रोइड टिभीहरु सहितका नेपालकै एकमात्र गुगल सर्टिफाइड टिभी उपलब्ध छन् । हरेक सीजी टिभीहरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् । यसम फाइभ जी नेटवर्कको क्षमता लगायत डोलबाइ अडियोको उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टिभी हेराइको अनुभव प्रदान गर्नको लागि मोसन इस्टीमेट र मोसन कम्पोनशेशन फिचर पनि रहेको छ भने टुवे ब्लुटुथ फिचरका साथ २ वटा फरक फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।
 

Logo