काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘ख’ मा राप्रपाका राजु विष्ट विजयी

काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘ख’ मा राप्रपाका राजु विष्ट विजयी


काठमाडौं क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका छन् ।

विष्ट १२ हजार १६३ मत पाएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ८५ मत पाएका छन् । विष्टले ३ हजार ७८ मतान्तरले विजय हासिल गरेका हुन् । पराजित भएका श्रेष्ठ शंखरापुर नगरपालिकाका पूर्व मेयर हुन ।

यस्तै तेस्रो स्थानमा सत्तागठबन्धनका साझा उम्मेदवार भरत फुँयालले ८ हजार ६२६ मत पाएका छन् ।

 

Logo