काभ्रे–१ मा गठबन्धन उम्मेदवारलाई उछिन्दै अघि लाग्यो एमाले

काभ्रे–१ मा गठबन्धन उम्मेदवारलाई उछिन्दै अघि लाग्यो एमाले


काभ्रे जिल्लामा संघ र प्रदेश सभा दुवैतिरको मतगणना जारी छ। पछिल्ला मतगणनामा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार अघि लागेका छन्।

अहिलेसम्म काभ्रे–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ लालध्वजले ५ हजार २०१ र एमालेका उम्मेदवार रेशम लामाले ५ हजार ३८२ मत प्राप्त गरेका छन्। लामाले १८१ मतले अग्रता लिएका हुन् ।
 
साथै काभ्रे–१ को प्रदेशसभा (क) तर्फ माओवादी केन्द्रका रत्न ढकालले ७ हजार २५० र एमालेका दिलिप तामाङले ४ हजार ९७८ मत प्राप्त गरेका छन्। ढकालले २ हजार २७२ मतअन्तरले अग्रता कायमै राखेका छन्।

त्यस्तै, प्रदेशसभा (ख)तर्फ नेपाली कांग्रेसका तीर्थ लामाले ६ हजार ९८ र एमालेका चन्द्र लामाले ५ हजार १७६ मत प्राप्त गरेका छन्।

Logo