नवलपरासी १ मा शशाङ्क कोइरालाको अग्रता कायमै

नवलपरासी १ मा शशाङ्क कोइरालाको अग्रता कायमै


पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अग्रता कायमै राखेका छन् ।

मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गरेका छन् । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहेका भने नेकपा एमालेका कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् ।

पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राखेका छन् । कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत प्राप्त गरेका छन् ।

Logo