काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी

काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी


काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् ।

गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर चालिसेले नेकपा एमालेका कृष्णबहादुर राईलाई झन्डै चार हजार मतले पछि पार्दै विजयी भएको निर्वाचन आयोगले जनाएको छ । चालिसेले १५१५८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णबहादुर राईले १११९६ मत ल्याएका छन् । उनीहरूबीच ३९६२ को मतान्तर छ । अघिल्लो चुनावमा राई यही क्षेत्रबाट निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाबिक्रम थापा क्षत्री ५८६५ मत ल्याएर तेस्रो स्थानमा छन् ।

Logo