डोल्पामा २ बजे मतगणना हुने

डोल्पामा २ बजे मतगणना हुने


डोल्पामा २ बजेबाट मतगणना सुरु हुने भएको छ।  मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ। यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

हेलिकप्टरबाट बुधबार बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेपछि सर्वदलीय बैठक बस्न थालेको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय, डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले अत्यन्तै जाडो मौसम र भौगोलिकताका कारण मतपेटिका सङ्कलनमा तीन दिनको समय लागेकोले मतगणना कार्य ढिला हुन गएको बताए।

उनका अनुसार ढिलोमा आज २ बजेदेखि मतगणना सुरु हुनेछ। डोल्पामा कूल २२ हजार सात सय ७४ मतदातामध्ये १७ हजार सात सय ९७ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Skip This
Logo