जितपछि सोविता गौतमले भनिन्- ‘देशमा परिवर्तनको शुरुवात भइसक्यो, काेही आत्तिनुपर्दैन’

जितपछि सोविता गौतमले भनिन्- ‘देशमा परिवर्तनको शुरुवात भइसक्यो, काेही आत्तिनुपर्दैन’


राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको शुरुवात भइसकेको बताएकी छन् । 

बुधवार काठमाडौं- २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा गौतमले यस्तो बताएकी हुन् ।  उनले अब देशमा परिवर्तनको शुरुवात भइसकेकाले कोही पनि नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताइन् । उनले अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘परिवर्तनको शुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन । हामी जस्ता युवा पुस्ताहरु आज विभिन्न अवसरको खोजिमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैँले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरुको देशमा मात्रै जानै ? आफ्नो देशलाई पनि अब सहज बनाउनु पर्छ । देशलाई परिवर्तन गर्न हामी अघि बढीसकेका छौँ । अबको ५ वर्षमा परिवर्तनका कुरा देख्नुहुनेछ ।’ 
 
जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै नवनिर्वाचित सांसद गौतमले देशले गर्व गर्न लायक काम गरेर देखाउने बताइन् । आफूले पैसा खर्च गरेर चुनाव नजितेको पनि उनले स्पष्ट पारिन् । 

Logo