मोरङ- ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलकाे अग्रता कायमै

मोरङ- ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलकाे अग्रता कायमै


मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले आफ्नो अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले १४ हजार ३९२ मत पाएका छन् । 

उनका प्रतिस्पर्धी नेकपा माओवादीका शिवकुमार मण्डलले १० हजार १२८ मत पाएका छन् । साथै जसपाका राजकुमार यादवले ९ हजार ८८८ मत ल्याएका छन् । यो सो क्षेत्रको रंगेली नगरपालिका (४,५,६,७), धनपालथान गाउँपालिका (१,२,३,४,५,६,७), जहदा गाउँपालिका (५,६) र  विराटनगर महानगरपालिकाका (१३, १४) मत गणना गर्दा सम्मको नतिजा हो । 

Logo