कैलाली २ मा चौधरीलाई पछि पार्दै भगत बडुवालले लिए अग्रता

कैलाली २ मा चौधरीलाई पछि पार्दै भगत बडुवालले लिए अग्रता


कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी पछि परेका छन् ।

चौधरीलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन् । कुल १५ हजार २३५ मत गणना सकिंदा बडुवालले पाँच हजार ११९ मतसहित अग्रता लिएका छन् । चौधरीले चार हजार ५५३ मत ल्याएका छन् । नेकपा एमालेका झपटबहादुर रावलले चार हजार दुई मत प्राप्त गरेका छन् ।

एक लाख चार हजार ९०६ मतदाता रहेकोमा मंसिर ४ गतेको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ ।

Logo