जितपछि सिके राउतले भने- ‘शतप्रतिशत साक्षर जिल्ला, हरेक परिवारमा एक रोजगार’

जितपछि सिके राउतले भने- ‘शतप्रतिशत साक्षर जिल्ला, हरेक परिवारमा एक रोजगार’


जनमत पार्टीका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिके राउतले आफ्नो कार्यकालमा जिल्लालाई पूर्ण साक्षर जिल्लाको रुपमा विकसित गर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि निर्वातचन आयोगबाट प्रमाणपत्र ग्रहण गर्ने क्रममा राउतले सप्तरीको साक्षरता दर ५४ प्रतिशत मात्र रहेको र यो कार्यकालमा शतप्रतिशत साक्षर जिल्ला बनाउने घोषणा गरेका हुन् । 

साथै उनले जिल्लाका हरेक परिवारमा कम्तीमा एकजनालाई रोजगार सिर्जना गर्ने दाबी पनि गरे । 

राउत प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी भएका छन् । उनले ३५ हजार ४२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत पाए । साथै तेस्रो स्थानमा रहेका लोसपाका जयप्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए ।  

मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी- २ को चुनावी प्रतिस्पर्धाले देशैभरि चर्चा पाएकाे थियो  ।

Logo