सिन्धुपाल्चोक-१ मा सापकोटा, प्रदेशमा सरल र खड्का

सिन्धुपाल्चोक-१ मा सापकोटा, प्रदेशमा सरल र खड्का


सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पारेका हुन् ।सापकोटाले ३० हजार ३७४ र नेपालले २७ हजार १८ मत पाए । १ प्रदेशसभा ‘क’ मा खड्का निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क मा कांग्रेसकी मसिना खड्का विजयी भएकी छन् ।

एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएकी खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी हासिल गरिन् भने  एमालेका युद्धविक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएर पराजित भएका छन् ।

प्रदेशसभा ‘ख’ मा सरल  
प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन् । पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी एमालेका होम नारायण श्रेष्ठलाई ४ हजार २४३ को  मतान्तरले पछाडि पार्दै सरल बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १३ हजार १३  मत ल्याएर पराजित भए  । दुई वटा क्षेत्र रहेको सिन्धुपाल्चोकमा  क्षेत्र नम्बर १ को मतपरिणाम आइसकेको छ भने क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ को मतगणना जारी छ । 
 

Logo