#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व656120638673130163143158161
नेपाल230092013278

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन–२०७६) जारी

काठमाडौं,

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन–२०७६) सोमबारदेखि जारी भएको छ । प्रेस काउन्सिल नेपालमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन–२०७६) जारी भएको घोषणा गर्नुभएको हो ।

सञ्चार क्षेत्रको नयाँ परिवेश अनुरुप आचारसंहितालाई समसामयिक बनाइ समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्य अनुरुप सरोकारवाला सङ्घ, सङ्गठन पत्रकारसँग विभिन्न चरणको छलफल, अन्तर्क्रिया र प्राप्त राय सुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको हो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा सूचना, सञ्चार प्रविधिमा भएको तीव्र विकासका कारण आचारसंहिता परिमार्जन गर्नु परेको प्रष्ट पार्नुभयो । काउन्सिलका सदस्य गोपाल बुढाथाकीले विभिन्न चरणमा छलफल पश्चात सहमतिका आधारमा पारिएको आचारसंहिता सञ्चारकर्मीलाई मर्यादित बन्न कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका महासचिव रमेश विष्टले पत्रकार महासङ्घको सहमतिमा बनेको सो आचारसंहिता कार्यान्वयनका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । महासङ्घका सचिव एवं आचारसंहिता अनुगमन समितिका संयोजक प्रकाश थापाले सञ्चारमाध्यमको विकाससँगै आएको परिवर्तनलाई समेत समेटेर आचारसंहिता संशोधन भएको प्रष्ट पार्नुभयो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार