‘अभियान सफल हुन सकेन, प्रतिकूल नतिजाको जिम्मेवारी मेरै काँधमा लिन्छु’ -प्रदीप ज्ञवाली

‘अभियान सफल हुन सकेन, प्रतिकूल नतिजाको जिम्मेवारी मेरै काँधमा लिन्छु’ -प्रदीप ज्ञवाली


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिकूल परिणामको जिम्मेवारी आफैले लिने बताएका छन् । 

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएसँगै ज्ञवालीले अथक प्रयाशका बाबजुद अभियान सफल हुन नसकेको र प्रतिकूल परिणामको जिम्मेवारी आफैले लिने बताएका हुन् । उनले भनेका छन् ‘अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।’

आफू संसद भवनभित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति कुनै सन्देह नरहेको पनि ज्ञवालीले बताएका छन् । साथै उनले प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई पनि बधाई दिएका छन् । 

 

Logo