अरुण नदीमा बेपत्ता ६ जनाको कुशको शव बनाएर अन्त्येष्टि

संखुवासभा,

संखुवासभाको धर्मदेवी नगरपालिका–८ अक्करको भीरबाट अरुण नदिमा खसेर बेपत्ता ६ जनाको कुशको शव बनाएर दाहसस्कार गरिएको छ । ६ दिनदेखि नदीमा बेपत्ता भएका यात्रु फेला नपरेपछि आफन्तले कुशको शव बनाएर दाहसस्कार गरेका हुन्।

सोमबार बेपत्ताका परिवारका आफन्तले खाँदबारी नगरपालिका–९ मा रहेको मनकामना स्थित अरुणनदिको किनारमा कुशको शव बनाएर दाहसंकार गरिएको संगम श्रेष्ठका छिमेकी समिर श्रेष्ठले बताए । अरुण नदीमा बेपत्ता भएको छ दिन सम्म पनि पत्ता नलागेपछि सोमबार गाडी दुर्घटनामा परेर बेपत्ता भएका परिवारका आफन्तले बेपत्ता भएकाहरुको कुशको शव बनाएर दाहसंस्कार गरेर काजक्रिया गर्ने घरपरिवारमा सल्लाह भएको उनले बताए ।

बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–९ ढुङगेधारा घर भएका २४ बर्षीय संगम श्रेष्ठ उनकी श्रीमती २३ बर्षीय सदिक्षा राई श्रेष्ठको दुई महिनाको छोरा समिर श्रेष्ठ, २४ बर्षीय प्रमेश थापामगर, २९ बर्षीय खबरमान पिठाकोटी र खाँदबारी–९ घर भएका जीपका चालक २५ बर्षीय सन्तोष विश्वकर्मा रहेका छन् । प्रमेशका भिनाजु खबरमानको घर खोटाङ जिल्ला मास्तीम भन्ने ठाउँ भएपनि उनी लामो समयदेखी खाँदबारी नगरपालिका–९ ढुङगेधारा स्थित ससुरालीमा बस्दै आएका थिए । जिप दुर्घटनाबाट एकै परिवारका तिन जना बेपत्ता भएका छन् ।

जिल्ला अस्पताल खाँदबारीले मृगौलाका बिरामी प्रमेश र दुई महिनाका बालक समिर श्रेष्ठलाई उपचार हुन नसक्ने जनाउदै रिफर गरेको थियो । उनीहरु दुबै जनालाई जिल्ला अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेका थियो । खाँदबारीबाट करिब बेलुकीको ८ः३० बजे को १ ज ३७४९ नम्बरको बोलेरो जीप लिएर धरान हिडेका उनीहरुको अक्करको भीरको बिच बाटोमा राती साढे १० बजे दुर्घटना भएको थियो ।
राजधानीबाट