१४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ

१४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ


दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा  प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

Logo