सनसिल्क दशैँ भाइब्स २ प्रतियोगिताका विजेता घोषणा

सनसिल्क दशैँ भाइब्स २ प्रतियोगिताका विजेता घोषणा


सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरुको घोषणा भएको छ। सनसिल्क दशैं भाइब्स २ को होटल र्याडिसनमा आयोजना गरिएको अन्तिम चरणको कार्यक्रममा विजेता घोषणा गरिएको हो। 

यसअनुसार सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ  र सनिषा भट्टराई  विजेता घोषित भएका छन्। प्रत्येक विजेताले १ लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।

सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै सेप्टेम्बर १, २०२२ मा डबल सेलिब्रेसन नाराका साथ सनसिल्क दशैं भाइब्स २ सञ्चालन गरिएको थियो । जुन प्रतियोगितामा सहभागी बन्न सहभागीहरुले उनीहरुको राम्रो हेयरस्टाइलहरुका साथ दशैं भाइब्स प्रदर्शन गरेको फोटो वा भिडियो पठाउनुपर्ने थियो। 

सहभागीहरुमध्ये ३ जना विजेतालाई रु.१/१ लाख नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासंग सनसिल्क ग्याङ्ग अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरुमा प्रस्तुत हुने अवसर दिइएको थियो। 

यी विजेताहरुको चयनको लागि प्रख्यात व्यक्तित्वहरु नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहेको एक निर्णायक मण्डली बनाइएको थियो। दोस्रो संस्करणको सफलतामा ३७३२ प्रविष्टिहरु प्राप्त भएका थिए, जसलाई डिजिटल प्रचारात्मक सामग्रीहरु एवं प्रत्यक्ष क्रियाकलापहरुको साथ समर्थन रहेको थियो।

अभियानलाई ६० मिलियनभन्दा  बढीको भ्युज प्राप्त भएको थियो भनें २८०० भन्दा बढी प्रतियोगीहरुले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेर अभियानर्ले उल्लेख्य सफलता हासिल गरेको थियो। 

युनिलिभर नेपालका प्रबन्धनिर्देशक अम्लान मुखर्जीका अनुसार नेपालमा देशभर बिक्री हुने एवं लाखौँ ग्राहकहरुको रोजाइ बनेको सनसिल्क निःसन्देह नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो ।  

साे क्रममा उनले भने- “ गत वर्ष सन् २०२१ को दशैं पर्वको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ्ग अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, र प्रतियोगीताले आफैमा एक अभूतपूर्व सफलता हासिल पनि गरेको थियो । सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु जीवन मा अगि बड्दछन र हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका थियौं । हामी विश्वास गर्दछौं कि सुन्दरता सरल हुन्छ र धेरै माध्यमबाट कैद गर्न सकिन्छ। हामी हाम्रा ब्राण्डहरुलाई हाम्रा उपभोक्ताहरुसंगसंगै स्थानीय चाडबाडहरु र संस्कृतिहरुसंग पनि जोड्न चाहन्छौ । सनसिल्क दशैं भाइब्स र सनसिल्क ग्याङ्ग अफ गल्र्स हाम्रो त्यस्तै प्रयासहरुमध्ये एक हो ।”

Logo