आइएमई पे र मेरो किरानावीच सम्झौता

आइएमई पे र मेरो किरानावीच सम्झौता


आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धि सम्झौता भएको छ । 

मेरो किरानाको महाबचत सेल विकलाई लक्षितगरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट एक पटकमा अधिक्तम रू. ३०० सम्म प्राप्त गर्न सक्नेछन् । यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल रू. ६०० सम्मको छुट पाउन सक्ने कम्पनीले जनाएकाे छ । 

आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन्।

Logo