यस्ताे छ आज काेराेनाका कारण मृत्यु हुने ८ जनाकाे विवरण

यस्ताे छ आज काेराेनाका कारण मृत्यु हुने ८ जनाकाे विवरण


काठमाडौं ।

आज काेराेनाका कारण ८ जनाकाे मृत्यु भएकाे छ । याे सँगै अब नेपालमा काेराेनाकै कारण मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ । कहाँ कहाँका हुन् त ती ८ जना ? यस्ताे छ विवरण :

काठमाडौं जिल्ला का.म.न.पा.- १२ टेकु निवासी ७८ वर्षिय एक महिला को मिति २०७७ साउन २८ गते विहान १:१५ बजे किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा दुखद निधन भएको छ । झाडापखाला तथा ज्वरोको कारण साउन २६ गते किष्ट अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन । निज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर स्थित फिभर क्लिनिकबाट रेफर भई आएको । निज उच्च रक्तचाप, मधुमेह, हाइपोथोराडिजम, सेप्टीक सक तथा मृगौला सम्बन्धि रोगबाट ग्रसीत थिइन । निजको स्वाव संकलन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको । निजको साउन २६ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा स्वाव संकलन गरी भएको परिक्षणमा आज साउन २८ गते कोरोना पुष्टी भएको ।

धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नं. १४ निवासी ३२ वर्षिय एक पुरुषको मिति ०७७ साउन २७ गते ह्याम्स अस्पतालमा दुखद निधन भएको छ । क्षयरोगीका विरामी निज साउन २७ गते विहान २:४५ मा निमोनिया, खोकी तथा सास फेर्न कठिनाइ भई अस्पतालमा भर्ना भएको थिए । आइ. सि. यु. मा भेन्टीलेटरमा राखी उपचाररत उनको २७ गते नै कोरोना पुष्टी भएको थियो ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षिय एक पुरुषको मिति २०७७ साउन २८ गते मेडिसिटी अस्पतालमा दुखद निधन भएको छ । साउन ५ गते निमोनिया तथा श्वास फेर्न कठिनाई भइ अस्पतालमा भर्ना भएका उनको साउन ६ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा साउन ७ गते कोरोना पुष्टी भएको ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. ८ निवासी वर्ष ३८ की एक महिलाको २०७७ साउन २८ गते विहान १:०५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा दुखद निधन भएको छ । इन्सेफ्लाइटिस भई साउन १८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी निजको साउन १८ गते कोरोना पुष्टी भएको । निज अल्का अस्पतालमा उपचारको लागि आएकोमा कोरोना पुष्टी भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर भएको ।

सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नंं ८ घर भै राजविराज नगरपालिका वडा नं. ६ सिराहारोड बस्दै आएका ७२ वर्षका एक पुरुष (वेचनलाल शाह) को मिति २०७७ साउन २७ गते राती दुखद निधन भएको छ । ४ दिन अघि ज्वरो आई स्वाव संकलन परिक्षण गर्न दिएका निजको साउन २७ गते कोरोना पुष्टी भएको । कोरोना पुष्टी भएपछि अस्पताल लैजाने क्रममा एम्बुलेन्समै निधन भएको । उनी थाइराइड, मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगबाट ग्रसित थिए ।

मोरङ जिल्ला बुढीगंगा गाउँपालिका वडा नं. २ गंगाचोक निवासी वर्ष ५५ का एक पुरुषको मिति २०७७ साउन २८ गते विहान बी. पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुखद निधन भएको छ । ज्वरो तथा स्वास प्रश्वासमा समस्या आई साउन २६ गते उपचारका लागी कोशी अस्पतालमा लगीएको, सो अस्पतालले थप उपचारको लागी वी . पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरेको । निजको साउन २७ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा सोही दिन कोरोना पुष्टी भएको ।

कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नं. २ तौलिहवा निवासी वर्ष ४२ का एक पुरुषको मिति २०७७ साउन २८ गते विहान ४:२५ बजे दुखद निधन भएको छ । ज्वरो तथा निमोनिया भई साउन २५ गते बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भई भेन्टीलेटरमा उपचाररत निजको सोही दिन स्वाव संकलन गरी परिक्षण गर्दा साउन २७ गते कोरोना पुष्टी भएको ।

वारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षिय एक पुरुषको मिति २०७७ साउन २८ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा दुखद निधन भएको छ । शरिर कमजोर भइ चक्कर लागेका कारण साउन २६ गते किष्ट अस्पताल भर्ना भएका । निज रक्तअल्पता, हाइपोथोराडिजम, सेप्टीक सक, दम तथा मृगौला सम्बन्धि रोगबाट ग्रसीत थिए । निजको साउन २७ गते स्वाव संकलन गरी भएको परिक्षणमा आज साउन २८ गते कोरोना पुष्टी भएको ।

 

Logo