वेल्समाथि इरानको राेमाञ्चक जित

वेल्समाथि इरानको राेमाञ्चक जित


वेल्स फिफा विश्वकप कतार २०२२मा एसियाली मुलुक इरानसँग पराजित भएको छ । शुक्रबार भएको समूह चरणको खेलको इन्जुरी समयमा इरानसँग १० खेलाडीमा समेटिएको वेल्स २-०ले स्तब्ध भएको हो । 

इरानको जितमा रोज्बे चेस्मी र रमिन रेजाइनले एकएक गोल गरे । इन्जुरी समयको आठौं मिनेटमा चेस्मी र ११औं मिनेटमा रेजाइनले गोल गरेका हुन् । त्यसभन्दा खेलको ८६औं मिनेटमा वेल्सका गोलरक्षक वायन हेनेसीले रातो कार्ड पाएका थिए । उनी  जारी विश्वकपको रेड कार्ड खाने पहिलो खेलाडी हुन् । जुन वेल्सका लागि हारको एउटा कारण बन्न पुग्यो ।  

यससँगै इरानले नकआउट चरणमा पुग्ने सम्भावना जिवित राखेको छ । २ खेलमा इरानले ३ अंक जोडेको छ । इंग्ल्यान्डले १ खेलमा ३ अंक जोडेको छ र आज अमेरिकासँग खेल्नेछ । पहिलो खेलमै बराबरीमा रोकिएका वेल्स र अमेरिकाको १/१ अंक छ ।

Logo