३ वटा फाइनलमा पराजित नेदरल्यान्ड्सले यसपटक जित्ला त उपाधि ?

३ वटा फाइनलमा पराजित नेदरल्यान्ड्सले यसपटक जित्ला त उपाधि ?


नेदरल्यान्ड्सले फिफा विश्वकपमायो संस्करण समेत गरी ११ औँ पटक सहभागिता जनाईरहेको छ । नेदरल्यान्ड्सले सन् १९३४ मा पहिलो पटक विश्वकपमा समावेस भएको थियो । सो वर्ष उसले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

नेदरल्यान्ड्स यस्तो टोली हो जो अहिलेसम्म फिफा विश्वकपमा ३ पटकसम्म फाइनल खेल खेले पनि उपाधि भने जित्न सकेको छैन् । तरउ सन् १९८८ को युरो च्याम्पियन टोली हो । फिफाको वरियतामा नेदरल्यान्ड्स आठौं वरीयतामा आउँछ । 

प्रशिक्षकः लुइस भान गाल 
सन् २०२१ मासन्यास फिर्ता लिँदै तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षक बनेका लुइस भान गाल ७१ वर्षका भइसकेका छन् । उनले ९० को दशकमा घरेलु टोली अयाक्सलाई स्थापित गर्दै विश्व फुटबलमा उदाएका थिए । प्रशिक्षक गालकै व्यक्तिगत सफलतालाई नियाल्ने हो भने उनले क्लब बार्सिलोनाका लागि ला लिगा जिताएका थिए ।  

भान गालकै प्रशिक्षणमा नेदरल्यान्ड्स सन् २००२ को विश्वकपमा छनोट हुन सकेन । तर उनकै दोस्रो कार्यकालमा डच टोलीलाई स्न २०१४ ब्राजिल विश्वकपमा सेमिफाइनलसम्म पुर्याउन सफल भएका थिए । उसको टोली सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भई प्रतियोगिताबाट बाहिरिएको थियो । भान गालले अहिलेसम्म बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, एजेड अल्कमार जस्ता क्लबहरुलाई प्रशिक्षण गराईसकेका छन् । 

प्रमुख खेलाडी : डी जोङ
सन् २०१८–१९ को सत्रमा युवा टोली सम्मिलित क्लब अयाक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएपछि फ्रान्क डी जोङ चर्चामा आएका थिए । त्यसपछि युरोपका शीर्ष क्लबको नजर उनमा परेकोथियो । सोही अवसरमा उनी स्पेनको चर्चित क्लब बार्सिलोना गएका थिए । रचनात्मक र प्रतिभाशाली डी जोङले नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा आएपछि डच टोली निकै बलियो बनेको छ ।  

नेदरल्यान्ड्सको विजयी सुरुवात
नेदरल्यान्ड्सले जारी कतार विश्वकपमा सुखद सुरुवात गरेको छ । नोभेम्बर २१ का दिन नेदरल्यान्ड्सले सेनेगललाई २–० गोलले हराउदैँ विजय हासिल गरेको थियो । उसका लागि २३ वर्षे फरवार्ड गाक्पोले खेल सकिन ६ मिनेट बाँकी हुँदा गरेको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो ।

यस्तै, इन्जुरी समयमा वैकिल्पक खेलाडी क्लासनले अर्को गोल थपेपछि नेदरल्यान्ड्सले महत्वपूर्ण तीन अंक पक्का गरेको हो । जितसँगै तीन अंक जोडेको नेदरल्यान्ड्स समूह “ए” को शीर्ष स्थानमा रहन सफल भएको छ । उसको समूहमा सेनेगल, इक्वेडर र कतार रहेको छ । 

नेदरल्यान्ड्स पछिल्लो पटक सन् २०१४ कोविश्वकप खेलेको थियो । जारी प्रतियोगितामा नेदरल्यान्ड्स १५ खेलदेखि अपराजित छ । नेदरल्यान्ड्स विश्वकपमा सन् १९३४ देखि प्रवेश गरिरहेको छ । उसले यति लामो यात्रा तय गर्दा तीन पटकसम्म फाइनलप्रवेश गरिसकेको छ । तर तीन पटक फाइनल प्रवेश गरेपनि उसले उपाधि भने एक पटक पनि हात पार्न सकेको छैन् ।

एक महिनासम्म चल्ने कतार विश्वकपमा फिफासँगआबद्ध दुई सय ११ देशबाट छनोट भई आएका उत्कृष्ट ३२ टोलीले आफ्नो फुटबल कला प्रदर्शन गरिरहेका छन् । सहभागी ३२वटै टोलीको एउटै उद्देश्य विश्वकपको ट्रफी उचाल्नु हो । अब आज राति (अर्थात शुक्रबार) ९ः४५ मा नेदरल्यान्ड्सले दोस्रो चरणको खेलमा इक्वेडरको सामना गर्नेछ । इक्वेडरत्यो टोली हो जसले आयोजक राष्ट्र कतारलाई उसैको घरेलु मैदानमा २ गोल हानी हराएको थियो ।

पहिलो खेलमा नेदरल्यान्ड्स र इक्वेडरले जिती ३ अंक समेटी सकेका छन् । सोही कारण आजको खेलमा यी दुबै टोलीलाई त्यति असहज नहोला । आज यी दुबै टोलीको खेल कतारको खलिफा रङ्गशालामा हुनेछ। 

जारी विश्वकपमा नेदरल्यान्ड्सको टोलीले राम्रो खेल प्रस्तुत गरिरहेको छ । तीन पटक फाइनलमा पुगेपनि उपाधि जित्न असफल टोलीले यो संस्करणको विश्वकपलाई जित्न सक्ला त ? त्यो भने खेल हेरेपछि मात्रै थाहा हुनेछ ।

 

Logo