मोरङ- २ः सुजाता कोइरालालाई हराउँदै ऋषिकेश पोखरेल निर्वाचित

मोरङ- २ः सुजाता कोइरालालाई हराउँदै ऋषिकेश पोखरेल निर्वाचित


मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।  

पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाइन् । 

कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएको  र बलियो क्षेत्र भन्दै उनकी छोरी सुजाताले टिकट पाएकी थिइन् । उनलाई सत्ता गठबन्धनको पनि साथ थियो ।  
 

Logo