बाजुरा बूढीनन्दा-५ मा मतदान सुरु

बाजुरा बूढीनन्दा-५ मा मतदान सुरु


बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ५ स्थित नन्देश्वरी मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ । 

मङ्सिर ४ गते मतदानमा धाँधली भएको भन्दै विवाद पछि स्थगित भएको निर्वाचन आज पुनः मतदान गराइएको हो । नन्देश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्रमा आज बिहान ७ बजे सुरु भएको मतदान  बेलुका ५ बजे सम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थिते बताए ।

मङ्सिर ४ गतेको निर्वाचनमा २८ मत खस्ने बित्तिकै विवाद उत्पन्न हुँदा मतदान स्थगित गरिएको थियो । बूढीनन्दा ५ मा ९ सय ९९ जना मतदाता रहेका छन् ।

Logo