बुढिनन्दा- ५ मा खस्यो ५९७ मत

बुढिनन्दा- ५ मा खस्यो ५९७ मत


बाजुराको बुढिनन्दा नगरपालिका- ५ मा शनिबार भएको पुन: मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 

९ सय ९९ मतदाता रहेको मतादन मतदान ५ सय ९७ जनाले मतदान गरेका छन्। निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका हुन् ।

Logo