#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1101890752482843185136175566
नेपाल152593290846143

सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो

हुम्ला,
हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हिल्सा–सिमिकोट सडक आयोजनाले ट्र्याक खन्ने काम सम्पन्न गरेसँगै सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

नेपालको अन्य सदरमुकाम सडकले जोडे पनि सिमिकोट भौगोलिक विकटताका कारण अहिलेसम्म जोडिइसकेको थिएन । आयोजना प्रमुख शशांक मिश्रले हिल्सादेखि सिमिकोटसम्म ट्र्याक खन्ने काम सम्पन्न भएसँगै राष्ट्रिय सडक सञ्जालमा जोडिएको बताउनुभयो।

‘हिल्सादेखि सिमिकोटसम्म ट्र्याक खन्ने काम सम्पन्न भयो। यसमा सवारी सञ्चालनका लागि दुई गाडी छिर्ने गरी चौडाको काम भइरहेको छ।’ –उहाँले भन्नुभयो।

दशैं लगत्तै सवारी गुडाउने योजना रहेकाले काममा खटिएकालाई बिदा नदिई खटाइएको उहाँले बताउनुभयो। एक वर्षअघि सडक जोड्ने योजना थियो।

यसअघि पछिल्लो पटक डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । हुम्लाको हिल्सादेखि सदरमुकाम सिमिकोटसम्मको ९५ किलोमिटर दूरी रहेको छ । ‘दशैं अघि नै सडक जोड्ने योजना थियो।

योजना सफल भएको छ। हामी चाँडै सफलतापूर्वक सवारी गुडाउँछौं।’ –उहाँले सुनाउनु भयो । कडा चट्टान भएकै कारण चट्टान फोर्न विस्फोटक पदार्थ प्राप्त हुन ढिलाइ हुनु लगायत विभिन्न कारणले एक वर्ष ढिला भएको उहाँले बताउनुभयो।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार