मिस कोशी र मिसेज् कोशीको फाइनल असोज १७ मा

काठमाडौं । मिस कोशी र मिसेज् कोशीको फाइनल असोज १७ मा हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.ले विगत पाँच वर्षदेखि गर्दै आएको प्रतियोगिताको छैटौं संस्करणमा पाँच जनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

इटहरीमा सम्पन्न हुने उक्त फाइनलमा फरक ५ विधाका ५ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मानित गरिने कार्यक्रम रहेको जय मिडियाका प्रबन्ध निर्देशक जय राज रायले जानकारी दिए ।

यसअघि मिस कोशी र मिसेज् कोशीका प्रतियोगीहरुले ट्यालेन्ट राउन्डमा आफ्ना विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका छन् । पूर्वाञ्चललाई केन्द्र बनाएर सौन्दर्य प्रतियोगिताको आयोजना गरिदैं आएको हो ।

मिस कोशी र मिसेज् कोशीका लागि इटहरीमा सम्पन्न ट्यालेन्ट राउन्डमा भेषराज पोखरेल, मेनुका भण्डारी, मनोज राजवंशी, जयराज रोय र सूचना श्रेष्ठ सदस्य रहेको निर्णायक मण्डल रहेको छ ।

जसले मिस कोशीका लागि १० र मिसेज् कोशीका लागि ११ जना छनोट गरेको छ । छनोटमा परेका उनीहरूमध्येबो असोज १७ गते एक जना मिस कोशी र एक जना मिसेज् कोशी घोषणा गरिनेछ ।

ताजा समाचार

मिस कोशी र मिसेज् कोशीको फाइनल असोज १७ मा