#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व615337037087030479522734548
नेपाल140161176219

पुलिसकै अगाडि बैंक ह्याकर एजेन्टको दादागिरी (भिडियोमा)

कृषि विकास बैंक लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी आरोपमा पक्राउ परेका अभियुक्त । तस्बिरः राजेश विक/केन्द्रबिन्दु ।

काठमाडौं । कृषि विकास बैंक लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी आरोपमा पक्राउ परेकालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका १२ जनामध्ये चार जनालाई सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएकामध्ये एक महिला छिन् ।

पक्राउ पर्नेमा नुवाकोटका लावाङ तामाङ, रसुवाकी लक्ष्मी लामा, तारकेश्वरका सञ्जय घले, रसुवाकी निर्मला तामाङ, सोही ठाउँकी निमा तामाङ, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारत कलकत्ताका शुबंकर पञ्जा र कैलालीका चन्द्र बहादुर बुढा छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेका चार जनामध्ये एकले मुखमा लगाएको मास्क खोलेका थिए । मास्क लगाउनु नि भन्दा उनले ‘मास्क किन लगाउने ? मेरो अधिकार हो ।’ भन्दै उल्टै पत्रकार र प्रहरीलाई प्रतिप्रश्न गरे । उनी थिए नुवाकोटको मेघपा गाउँपालिकाका लवाङ तामाङ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार