सुनसरी- ४ः मतगणना तत्काल सुचारु नगरे सडक संघर्ष थाल्ने एमालेको चेतावनी

सुनसरी- ४ः मतगणना तत्काल सुचारु नगरे सडक संघर्ष थाल्ने एमालेको चेतावनी


सुनसरी- ४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर नेकपा एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ । 

साे क्षेत्रबाट प्रतिनिधिसभा सदस्य एमाले उमेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् । सोमवार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उमेदवार कुसियतले मत गणनामा आलटाल भइरहेको र कानूनसंगत मतगणना गर्न आग्रह गरे । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून विपरित विषय उठान गरी मत गणना अवरुद्ध पारेको आरोपसमेत लगाए । 

उम्मेदवार कुसियैतले भने- ‘गणनामा आलटाल भइरहेको छ । एमाले कानूनसंगत अघि बढ्न चाहन्छ । तसर्थ आयोगले तत्काल निर्णय दिओस् र गणना सुचारू होस् । सञ्चारमन्त्री आफैँ हुनुहुन्छ, सरकारका प्रवक्ता र सरकारमा आफैँ हुनुहुन्छ, मलाई न्याय चाहियो रे ? कस्तो खालको न्याय हो ।’

सुनसरी- ४ को प्रतिनिधि सभा तर्फको मत गणनामा काँग्रेसले धाँधलीको आरोप लगाएको छ । सो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यलयमा पुनः मत गणनाको माग सहितको उजुरी हालेको छ ।

Logo