एनआइबिएल एस क्यापिटल र एचएमडिएल प्रालिबिच लगानी सम्झौता

एनआइबिएल एस क्यापिटल र एचएमडिएल प्रालिबिच लगानी सम्झौता


एनआईबिएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेडबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र एच मेडिकल एन्ड डायग्नोस्टिक्सको तर्फबाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका हुन् ।

भारतको सबैभन्दा ठुलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वमा रहेको कम्पनी टाटा मेडिकल एन्ड डायग्नोस्टिक्स् सँगको सहकार्यमा एचएमडिएल मेडिकल उपकरण रिएजेन्ट्सहरु, फार्मास्युटिकल ड्रग्स एवम औषधी लगायतका सामानहरु विकास गर्ने, उत्पादन गर्ने र बजारिकरण गर्ने मेडिकल टेक र डायग्नोस्टिक क्षेत्रको अग्रणी कम्पनी बन्न पुगेको छ ।

कोभिड १९ महामारीको समयमै सन २०२१ मा स्थापना भएको एचएमडिएलले उक्त समयमा टाटा मेडिकल एन्ड डायग्नोस्टिक्सद्वारा उत्पादित पिसिआर किट्सहरु आयात गरेर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । त्यो समयमा एचएमडिएलले ल्याएका सम्पूर्ण पिसिआर किट्स र रिएजेन्ट्सहरु यति धेरै बिक्री भयो कि यसले नै पुरै बजार कब्जा गरेर आफ्नै एउटा ब्रान्ड बनाउन सफल भएको थियो । यसको साथै एचएमडिएलले टाटाद्वारा निर्मित नेपालको पहाडी क्षेत्रका अति नै दुर्गम क्षेत्रहरूमा पनि पुग्न सक्ने मोबाइल डाइग्नोस्टिक भ्यान पनि ल्याएको छ ।

कम्पनीले टाटासँग सहकार्य गरेर नेपाल भरी हाइटेक फ्युचरिस्टिक डायग्नोस्टिक केन्द्रहरु स्थापना गरी विभिन्न उत्पादन र सुबिधाहरु प्रदान गर्ने योजना बनाएको छ । साथै सर्वसाधारणलाई सुलभ मुल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने विशाल उद्धेश्यको साथ कम्पनीले नेपाल भरी सम्पूर्ण सुविधा सम्पन्न डायग्नोस्टिक तथा रिएजेन्ट्स उत्पादन केन्द्रहरु स्थापना गरेर सञ्चालन गर्ने जनाएको छ । 

Skip This
Logo