बराबरीमा रोकिए सर्विया र क्यामरुन

बराबरीमा रोकिए सर्विया र क्यामरुन


कतारमा जारी फिफा विश्वकपमा सर्विया र क्यामरुन बराबरीमा रोकिएका छन् । सोमबार भएको समूहचरणको खेलमा सर्विया र क्यामरुनले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

गोलवर्षा भएको खेलमा क्यामरुनका लागि २९औं मिनेटमा जान चार्ल्स कास्टेलेटोले सुरुवाती गोल गरे । तर, पहिलो हाफको इन्ज्युरी समयमा सर्बियाले उत्कृष्ट पुनरागमन गर्यो । स्ट्राहिना पाभ्लोभिच र सर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै सर्बियालार्ई २-१ को अवस्थामा ल्याए । 

त्यसमै खेल रोकिएन । दोस्रो हाफको ५३औं मिनेटमा सर्बियाका लागि एलेक्जेन्डर मित्रोभिचले गोल गर्दै जिततर्फ उन्मुख गराए । तर, ६३औं मिनेटमा भिन्सेन्ट अबुबकारले गोल गर्दै क्यामरुनई खेलमा फर्काउने कोसिस गरे । त्यसपछि ६६औं मिनेटमा चुपो मोटीङले गोल गर्दै खेल ३-३ काे बराबरीमा ल्याए । 

समूह जीमा ब्राजिल र स्विटजरल्यान्डको समान ३/३ अंक रहेको छ । यसअघि दुवैले पहिलो खेल गुमाएका सर्बिया र क्यामरुनले बराबरीका साथ १/१ अंक बाँड्दै खाता खोलेका छन् । 

Logo