चलचित्र डिसेम्बर फल्सको गीत सार्वजनिक

चलचित्र डिसेम्बर फल्सको गीत सार्वजनिक


नेपाली चलचित्र डिसेम्बर फल्सको गीत सार्वजनिक भएको छ । चलचित्रको ‘फकाउनै जानिन ४ घण्टा कुरेर’ बोलको गीत सार्वजनिक भएको हो । 

अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र डिसेम्बर फल्स आगामी पुस १५ गतेबाट देशभर प्रदर्शन हुँदैछ । गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले चलचित्रमा सबैखाले रोमान्टिक, प्रेम, एक्शन, मिक्स रहेकाले राम्रो रहेको बताए । उनले चलचित्रलाई निर्माण टिमले कुनै कन्जुस्याइँ नगरेको बताए । 

त्यस्तै, अभिनेत्री उपासना सिंह ठकुरीले चलचित्रको सुटिङका क्रममा अग्रज कलाकारहरुबाट धेरै कुरा सिक्न पाएको बताइन् । उनले चलचित्र धेरै नै राम्रो बनेकाले दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताइन् । 
 
चलचित्र पोखरा, काठमाडौं लगायतका स्थानमा सुटिङ भएको थियो । चलचित्रमा आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ ।

Logo