अब लेखा परिक्षणको प्रतिवेदन र कम्पनी दर्ता अनलाइनबाटै, यस्तो छ नयाँ व्यवस्था

अब लेखा परिक्षणको प्रतिवेदन र कम्पनी दर्ता अनलाइनबाटै, यस्तो छ नयाँ व्यवस्था


काठमाडौं । आगामी भदौ १ गते देखि लेखा परीक्षण प्रतिवेदन र कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी दर्ता अनलाइनबाटै बुझाउन सकिने भएको छ ।

लेखा परिक्षण तथा कम्पनी रजिष्ट्रारको कार्यालयहरुमा कम्पनी दर्ता सेवालाई छिटो छरितो बनाउने उद्देश्यका साथ अनलाइनबाट नै सेवा दिनको लागी सुरु गरिएको कार्यालयले जनाएको छ ।

कम्पनी रजिष्टार कार्यालयले जारी गरेको सुचना अनुसार नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानिने तथा त्यसैलाई आधिकारिक मानिने हुँदा प्रस्तावित प्रबन्धपत्र र नियमावलीको २ प्रतिबाहेक अन्य कागजी विवरण आवश्यक नपर्ने सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै नयाँ तथा पुराना कम्पनीले कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा बुझाउनुपर्ने वार्षिक विवरण, लेखा परीक्षण प्रतिवेदन लगायतका सबै विवरण अनलाइनमार्फत मात्र बुझाउनु पर्ने छ ।

कार्यालयका अनुसार अबदेखि त्यस्ता विवरणको हार्डकपी बुझाउने पर्ने छैन । तर त्यस्ता विवरणको सक्कल कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालयमा भने राख्नुपर्ने उल्लेख छ ।

साथै शेयर लगत अभिलेख दर्ताको हकमा अनलाइनमार्फत कम्पनीले पेश गरेपछि कार्यालयबाट अभिलेख जनाइ एक प्रति लागत कम्पनीले लाने र एक प्रति कार्यालयले विद्युतीय लेख (स्क्यान कपी) राख्ने छ ।

Logo