सुनसरी- ४ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

सुनसरी- ४ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन


सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना भोलिदेखि सुचारु हुने भएको छ ।

निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिएपछि भोलि बिहानदेखि सुचारु गर्ने तयारी गरिएको छ । बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको र उक्त बैठकपछि मतगणना सुरु गरिने भएको छ ।

नेपाली कांग्रेसले धाँधली भएको आरोप लगाएपछि मतगणना स्थगित भएको थियो । हालसम्मको गणनाअनुसार यहाँ सरकारका प्रवक्तासमेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिइरहेका छन् ।

Logo