पोर्चुगललाई हराएर एक खुड्किलो उक्लिएला त उरुग्वे ?

पोर्चुगललाई हराएर एक खुड्किलो उक्लिएला त उरुग्वे ?


कतारमा जारी फिफा विश्वकप प्रतियोगितामा आज उरुग्वे र पोर्चुगल मध्यरातमा प्रतिस्पर्धा गर्दैछन् । पहिलो चरणको खेलमा दक्षिण कोरियासँग बराबरी खेलेको उरुग्वेले दोस्रो चरणको खेलमा आज पोर्चुगलसँग खेल्न लागेको हो । यता पोर्चुगल पनि पहिलो चरणको खेलमा घानालाई ३-२ ले पराजित गरी उच्च मनोबलका साथ लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । यस्तै उरुग्वे पनि आज पहिलो जितको खोजीमा हुनेछ ।

उरुग्वेले फिफा विश्वकपको ट्रफी अहिलेसम्म २ पटक जितिसकेको छ । उसलेसन् १९३० मा अर्जेन्टिना र सन् १९५० मा ब्राजिललाईहराएर ट्रफी जितेको हो । यस्तै उरुग्वे सन् २०१० को विश्वकपमा चौंथो र सन् २०१४ को विश्वकपमा राउण्ड अफ १६ सम्म र पछिल्लो संस्करणको विश्वकपका क्वाटरफाइनलसम्म पुगेको थियो । 

उरुग्वे र पोर्चुगलबीचको खेल आज मध्यराति १२ः४५ मा लुसेल स्टेडियममा सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितका साथ एक खेल अगावै नकआउट चरणमा पुग्न चाहन्छ भने उरुग्वेले पोर्चुगललाई हराउँदै नकआउटको सम्भावना जीवितै राख्न चाहन्छ । उरुग्वे फिफा विश्वकपको पहिलो संस्करणको विजेता टोली हो । तर पोर्चुगलले भने हालसम्म विश्वकपको उपाधि हात पार्न सकेको छैन ।

पोर्चुगल र उरुग्वे हालसम्म तीन पटक भिडिसकेका छन् । जसमा दुवै टोलीले समान एक–एक खेल जित्दा एक खेल भने बराबरीमा सकिएको छ । 

प्रमुख खेलाडीहरु 
सन् २०१० विश्वकपबाट डेब्यु गरेका थिए उरुग्वेका स्टार खेलाडी एडिसन काभानीले । उनले आफ्नो करिअरमा उरुग्वेका लागि कोपा अमेरिकाजिताइसकेका छन् । ३५ वर्षीय काभानीलाई विश्व फुटबल जगतमै उत्कृष्ट खेलाडीका रुपमा लिने गरिएको छ। 

सन् २०१४ विश्वकपमा उरुग्वेलाई राउण्ड अफ १६ सम्म पुर्याउन काभानीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनलाई विशेष गरी सन् २०१८ विश्वकपमा पोर्चुगलहराउन खेलेको भूमिकाका लागि सम्झिने गरिन्छ । 

उरुग्वेका लागि लुइस स्वारेज अर्का आशाका केन्द्र हुन् । सन् १९३० र १९५० को विश्वविजेता उरुग्वे स्वारेजकै उत्कृष्ट प्रदर्शनीका कारण सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । स्वारेज अहिले करिअरकै उत्कृष्ट फर्ममा छन् । उनी जारी प्रतियोगिताकै उत्कृष्ट स्ट्राइकरमध्येका एक हुन् । उनी पनि सहकर्मी काभानी जस्तै सन २०१० को विश्वकपदेखि खेल मैदानमा छन् । स्वारेजले उरुग्वेका लागि हालसम्म ६८ गोल गरिसकेका छन् । 

यस्तै, उरुग्वेका अर्का मुख्य खेलाडी हुन् रियल म्याड्रिडबाट खेल्ने फेडेरिको भालभेर्डे । भालभेर्डे अहिले आफ्नो करिअरकै उत्कृष्ट फर्ममा छन् । २४ वर्षिय सेन्ट्रल मिडफिल्डर फेडेरिकोले गत सिजनमा सबै प्रतियोगितामा गरी ३ गोल गरेका थिए । उनले यस सिजनमापनि २० खेलमा ८ गोल गरिसकेका छन् । उनलाई उरुग्वेका लागि कतार विश्वकपमा महत्वपूर्ण खेलाडीको रुपमा हेरिएको छ । रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सोलोटीले भालभेर्डेले यस सिजनमा कम्तिमा १० गोल नगरेमा आफ्नो प्रशिक्षण लाइसेन्स त्याग्ने घोषणा पनि गरेका थिए । यसबाट पनि उनको यस सिजनको खेल तयारी कस्तोे छ भन्ने अनुमान गर्न सकिन्छ ।

Logo