उरुग्वेलाई हराउँदै पोर्चुगल राउण्ड अफ १६ मा

उरुग्वेलाई हराउँदै पोर्चुगल राउण्ड अफ १६ मा


पोर्चुगलले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ ।

लुसाइल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । ब्रुनो फर्नाण्डेसको दुई गोलमा पोर्चुगलले उरुग्वेमाथि जित हासिल गरेको हो । खेलको ५४ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै उनले पोर्चुगललाई २–० को जित दिलाए । पोर्चुगलले समूह ‘एच’ बाट निरन्तर दुई खेल जित्दै नकआउट चरणमा स्थान बनायो । शीर्ष स्थानमा रहेको पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ।​ उरुग्वे १ अंक जोडेर अन्तिममा रहेको छ । 

Logo