विनिताले सार्वजनिक गरिन् ‘बेबी बम्प’, लेखिन्- ‘लिटल विनिता’
अभिनेत्री विनिता बरालले आफ्नो नयाँ लुक्स सार्वजनिक गरेकी छन्।
तिलक पौडेलसँगसंग करिव ४ महिनाअघि बैबाहिक सम्बन्ध गाँसेकी विनिताले ‘लिटल विनिता’ भन्दै आफू गर्भवती भएको फोटो सार्वजनिक गरेकी हुन् ।
‘बेबी बम्प’ देखाएको तस्बिरमा उनलाई निकै खुसी मुद्रामा देख्न सकिन्छ । आफू गर्भवती रहेको खुलासा गरेसँगै अहिले उनलाई सामाजिक सञ्जालमा शुभचिन्तक, आफन्त र फिल्मकर्मीबाट बधाईको ओहिरो लागेको छ ।
गएको ५ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि विनिता एकाएक चर्चामा आएकी थिइन् ।