हेलमेटले हानेर ६ लाख लुटियो

रूपन्देहीको भैरहवा-लुम्बिनी सडकखण्डमा हेलमेटले टाउकोमा हानेर ६ लाख  रुपैयाँ लुटिएको छ ।

दुई जना लुटेराले रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठीको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । लुम्बिनी रोडमा रहेको उद्योगमा मोटरसाइकलमा जाँदै गर्दा उनीमाथि हेल्मेट प्रहार भएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।  यसअघि गत भदौ २९ गते अज्ञात समूहले रूपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मीलाई गोली प्रहार गरी ५ लाख रुपैयाँ लुटेका थिए ।