आज एकैदिन भूकम्पका २ वटा धक्का

काठमाडौं,

विहिबार (आज) एकैदिन २ पटक भूकम्पको धक्का महसुस गरिएको छ । पछिल्लो पटक गोरखा र लमजुङको सिमाना केन्द्र बनाएर आज साँझ ६ बजेर ४९ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज बिहान पनि भूकम्पको धक्का महशुस गरिएको थियो । बिहान १ बजेर १८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्पको धक्का महशुस भएको हो ।

यस अघि गत आइतबार लमजुङ केन्द्र भएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

आज एकैदिन भूकम्पका २ वटा धक्का