#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व78175437581579438164735
नेपाल5041

किर्ते कागज बनाइ जग्गाको मूल्याङ्कन गराउने कन्सल्टेन्सीका कर्मचारी पक्राउ

काठमाडौँ,

बैंकिङ कसुर मुद्दामा संलग्न रहेका एक कन्सल्टेन्सीका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सिआइवी) पक्राउ गरेको छ । एक ठाउँको जग्गाको कागजात बनाइ अर्को ठाउँको जग्गा राखेर बैंक अफ काठमाडौँबाट ऋण लिने क्रममा झुटा विवरण अनुसार जग्गाको मूल्याङ्कनमा गर्ने एभरेष्ट इञ्जियीनरिङ कन्सल्टेन्सी विराटनगरका कर्मचारी भेषराज खत्रीलाई पक्राउ गरिएको हो ।

फरार रहेका उनलाई पक्राउ गरी विहिबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । जग्गाको काजजात कीर्ते गरेर ऋण प्रवाह गरेको आरोपमा यस अघि बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी पनि छन् । उनीहरुले मिलेमतोमा खोलाको जग्गाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले तीन वर्षअघि कीर्ते गरेर करोडौँ रकम ऋणको रुपमा निकासा गरेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार