शाही सदस्य हुँदा मेघन मर्केललाई ज्यान मार्ने धम्की

शाही सदस्य हुँदा मेघन मर्केललाई ज्यान मार्ने धम्की


बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मर्केल (डचेस अफ ससेक्स) ले ‘घृणित’ खतराहरूको सामना गर्नुपरेको बेलायतका सबैभन्दा वरिष्ठ पुलिस अधिकारीले बताएका छन् ।

काउन्टर टेररिज्मको प्रमुखको हैसियतमा उनले मेघन मार्कल र उनका पति प्रिन्स ह्यारीले अति दक्षिणपन्थी चरमपन्थीहरूको धम्कीको सामना गर्नुपरेको खुलासा गरेका हुन् । एक अन्तर्वार्तामा उनले सो भनाई राखेका हुन् । उनको भनाई राजकुमार ह्यारीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने यसअघि गरेको दाबीसँग मेल खान्छ । मिश्रित जाति पूर्व टेलिभिजन अभिनेतृ मेघनले सन् २०१८ मा राजा चार्ल्स तृतीयको कान्छो छोरासँग विवाह गरेकी थिइन् ।

उनीहरूले सन् २०२० मा शाही जीवन त्यागेर अमेरिका गएका थिए । लन्डनको मेट्रोपोलिटन पुलिस सेवाबाट ३० वर्षपछि राजीनामा दिँदै गरेका ५४ वर्षीय बासुलाई मेघनको जीवनमा साँचो खतरा छ कि भनेर सोधिएको थियो । त्यसको जबाफमा उनले ‘बिल्कुल’ भन्दै धम्कीहरूलाई ‘घृणित र धेरै वास्तविक’ भनेका थिए ।

Logo