स्याङ्जा- २ मा गुरुङलाई पछ्याउँदै अर्याल

स्याङ्जा- २ मा गुरुङलाई पछ्याउँदै अर्याल


स्याङ्जा- २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६ हजार ६२५ मत ल्याएका छन् ।

एमाले उम्मेदवार पद्मा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत  प्राप्त गरेका छन् । 

४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन । बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएकाे हाे । 

स्याङ्जा- २ मा ७० हजार मत खसेकाे छ ।

Logo