विश्वकप फुटबलमा आज पनि चार खेल

विश्वकप फुटबलमा आज पनि चार खेल


विश्वकप फुटबल अन्तर्गत शुक्रबार पनि समूह चरणका चार खेल हुँदैछन् । 

समूह ‘एच’ र ‘जी’ का दुई–दुई खेलहुन लागेको हो । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । योसमूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ । अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना प्रबल छ । पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

घाना ३ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरिया १ अंकसहित तेस्रो स्थानमा छ। उरुग्वे १ अंकसहित पुछारमा  छ । समूह  ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्याण्ड तथा क्यामरुन र ब्राजिलबीचको खेल खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा छ । स्विट्जरल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ । क्यामरुन १ अंक जोडेर तेस्रो स्थानमा छ। सर्बिया १ अंकसहित पुछारमा छ । 

Logo